काँग्रेस र वाम गठबन्धनबीच विवादमा राष्ट्रपति

काठमाडौं । नेपाली काँग्रेस र वाम गठबन्धनबीच नयाँ सरकार गठनमा विवाद देखिएको छ । राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी हुन ढिलाइ भएपछि दलहरू आरोपप्रत्यारोपमा उत्रिएका हुन् । प्रधानमन्त्री चयनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै चाहिने/नचाहिने र दुवै सदनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने/नपर्ने विषयमा दलहरुको कुरा मिल्न सकेको छैन ।

विहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशको बारेमा दलीय सहमति जुटाउन आग्रह गरेकी थिइन् । संविधानमा राष्ट्रिय सभामा महिला प्रतिनिधित्व सुनिश्चित गरिसकेको अवस्थामा महिलाको समानुपातिक प्रतिनिधित्वका लागि राष्ट्रियसभा कुर्न नपर्ने वाम गठबन्धनको धारणा छ भने राष्ट्रपतिसमक्ष पेस भएको अध्यादेश जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्री चुनीनु पर्ने नेपाली कांग्रेसको अडान रहेको छ ।

सम्बन्धित शिर्षकहरु