सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ यसकारण पाकिस्तानमा रिलिज नहुने

काठमाडाैँ । कटरीना र सलमान खान  अहिले बुहप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा हे’को प्रोमोशनमा व्यस्त रहेका छन् । करीब पाँच वर्षपछि दर्शकहरुले यो जोडीको अनस्क्रिन रोमान्स देख्न पाउने भएका छन् । यो फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ ।  रिलिज हुन अब केही दिनमात्र बाँकी रहेको यस फिल्मको सबै तयारी पुरा भए पनि यस फिल्मलाई पाकिस्तानमा भने रिलिज गर्न भने नसकिने भएको छ ।

फिल्ममा पाकिस्तानका केही दृश्यहरु भएको र आइसआइएसका गतिबिधिलाई पनि देखाउन खोजिएका कारण पाकिस्तान सरकारले फिल्म रिलिजका लागि अनुमति नदिएको बताइएको छ । सलमान खानले यस फिल्मका लागि खतरनाक स्टन्ट पनि गरेका थिए जसका कारण उनी घाइते पनि भएका थिए ।

सम्बन्धित शिर्षकहरु