बलिउडका यी भेट्रान अभिनेताको निधन

काठमाडौं । बलिउडका एकजना भेट्रान अभिनेता नीरज बोराको विहीबार निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार विहान ५ बजे मुम्बईको अँधेरीमा रहेको कृति केयर अस्पतालमा उनको निधन भएको हो । १९९५ को ‘सत्या’, १९९८ को ‘बादशाह’, २००० को ‘पुकार’, २०१२ को ‘बोल बच्चन’ र २०१५ को ‘वेलकम ब्याक’लगायतका फिल्ममा उनले अभिनय गरेका छन् । बोराको निधनको खबर अभिनेता परेश रावलले ट्वीटरमा जानकारी गराएका थिए । २०१६ मा देखिएको मस्तिष्कघातका कारण उनी अस्पतालमा कोमामा थिए । एजेन्सी

सम्बन्धित शिर्षकहरु