
काठमाडाैं । निर्वाचनमा भोगेको पराजयसँगै नेपाली कांग्रेस भित्र नेतृत्व माथि टिका टिप्पणी शुरु भएको छ । युवा नेताहरुले काँग्रेसको पराजयको जिम्मेवारी शिर्ष नेताहरुले लिनुपर्ने बताइरहेका बेला उता शिर्ष नेताहरु भने पराजयकै कारण नेतृत्वको आलोचना गर्नु अनउपयुक्त भएको बताउँछन् ।
कांग्रेस नेता आनन्द प्रसाद ढुंगानाले हार जित स्वभाविक भएकाले नेतृत्व परिवर्तनको कुरा उठाउन अावश्यक नरहेको बताउँछन् । कांग्रेस भित्र केहि कमिकमजोरी रहेपनि, छलफल गरि व्यवस्थापन गरेर जान सकिने उनको धारणा छ ।
यता कांग्रेस नेता धनराज गुरुङ भने शिर्ष नेताहरुले आफ्नो कार्यशैली बारे समिक्षा गर्दै दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने सहि समय आएको बताउँछन् । सरकारको नेतृत्व गरिरहेको दलको लज्जास्पद हार स्वभाविक नभएका कारण नेतृत्व माथि प्रश्न उठ्ने र अब कांग्रेसको नेतृत्व युवा नेताको काँधमा आउनु पर्ने पनि उनले बताएका छन्।








