‘काँग्रेसलाई सामान्य ठाने वामपन्थीहरुको सरकार १८ महिना पनि टिक्दैन’

रुपन्देही । गुल्मी-१ बाट एमाले नेता प्रदिप ज्ञवालीसँग पराजित भएका नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले चुनाव हारे पनि काँग्रेसको शक्ति र क्षमता भने अझै पनि ताजै रहेको बताएका छन् ।

अाज बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भण्डारीले भने, ‘काँग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ ।’

साथै काँग्रेसलाई सामान्य ठानी बाहिर राखे वामपन्थीहरुको सरकार १८ महिना पनि नटिक्ने उनले दाबी गरे । काँग्रेस कमजोर हुने प्रक्रियाको पक्रियाको सरूवात संविधान जारीपछि सुशील कोइरालाईलाई पुन: प्रधानमन्त्रीमा उठाएपछि भएको उनले बताए ।

सम्बन्धित शिर्षकहरु