नवनियुक्त तीन मन्त्री तथा राज्यमन्त्रीले लिए पद तथा गोपनियताको सपथ

भदौ २६,काठमाडौं । सरकारमा थपिएका तीन मन्त्री र एक राज्य मन्त्रीले सपथ लिएका छन् ।सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार बिहान आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार नियुक्त गरेका दीपक बोहोराले विज्ञान तथा प्रविधि, सुनील थापाले उद्योग र विक्रम पाण्डेले वन मन्त्रीका रुपमा तथा रेशम लामाले उद्योग राज्यमन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन।

यससंगै अब मन्त्रीपरिषद ५४ सदस्यीय भएको छ । यो मन्त्रीपरिषद अहिलेसम्मकै सबैभन्दा ठूलो हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ भने उता विपक्षी एमालेले भने मन्त्रिमण्डल विस्तारको कार्य निर्वाचन आचारसंहिता विपरितको कार्य भएको बताएको छ ।

सम्बन्धित शिर्षकहरु