कांग्रेसद्वारा नगरसभा बहिस्कार( प्रेस विज्ञप्ति सहित)

भदौ २६,पाल्पा, । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तानसेन नगरपालिकाको प्रथम नगर सभाबहिष्कार गरेका छन् ।
उनीहरुले मेयर अशोककुमार शाहीले जनप्रतिनिधिसँग कुनै सल्लाह नै नगरी एकलौटी ढंगले नगर सभा संचालन गरेको आरोप लगाएका छन् ।

वडा अध्यक्षहरु बरुणप्रसाद रेग्मी, राजेन्द्रमुनी शाक्य, सागरमान महर्जन, मुक्तिराम जीसी (माधव) ले प्रेस विज्ञप्ति जारी गरेर नयाँ प्रणाली र नियमावली अनुसार नगर सभा संचालन गर्नका लागि पटक पटक आग्रह गर्दा पनि नमानी एकलौटी ढंगबाट पुरानै पद्धति अनुसरण गर्दै सहमति र सहकार्यविना आफ्नै अनुकुल र राजनैतिक आस्थालाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनीहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारले आगामी निर्वाचनका लागि लागु गरिसकेको आचारसंहिताकोसमेत ठाडै उल्लंघन गर्दै नगर सभाको उद्घाटन सत्र सुरु गएिको आरोप लगाएका छन् ।

 

सम्बन्धित शिर्षकहरु