उपराष्ट्रपतिद्वारा भदौको तलब बाढीपीडितलाई प्रदान

भदौं २५,काठमाडौँ। हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ उपराष्ट्रपति नन्दबहादुर पुनले यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।

त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी (उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत) का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार ३८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

सम्बन्धित शिर्षकहरु