भदौ २४, नुवाकोट। काठमाडौंको नयाँ बसपार्कबाट नुवाकोटको खरानीटारका लागि छुटेको यात्रुवाहक बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७, ठानाभन्ज्याङमा दुर्घटना भएको छ ।
दुर्घटनामा चार जनाको मृत्यु भएको र १३ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । काठमाडौंबाट नुवाकोट जाँदै गरेको बा१ख ६३४८ नम्बरको बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण भने आउन बाँकी नै रहेको छ ।








