मेयरदेखि वडासम्म कांग्रेसमा बागी, एमालेलाई पर्यो ताक

भदौं २४, धनुषा । आउँदो असोज २ गते प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनका लागि धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपनि नेपाली कांग्रेसकातर्फबाट मेयरदेखि वडासम्म बागी उम्मेदवार उठेपछि तालमेल धरापमा परेको छ।

कांग्रेसबाट मेयरमा राजुकमार महतोलाई टिकट दिएपछि असन्तुष्ट पक्षले पक्षले मेयरमा राजाराम महतो र उपमेयरमा महेश बस्नेतको स्वतन्त्र उम्मेद्वारी दिएका छन्। कांग्रसमा वागी उठ्नेहरु मेयर र उपमेयरमा मात्रै सिमित छैनन्, वडासम्म वागीको लहरो तानिएको छ।

मिथिला नगरपालिकालाई कांग्रेसको पकड क्षेत्र मानिदैं आएको छ । तर कांग्रेसभित्रै बागी परेपछि त्यसको फाइदा लिने दाउमा एमाले रहेको छ । वागी परेपछि कांग्रेस र माओवादीको तालमेललाई हावा ख्वाउँदै नगरको नेतृत्व हत्याउने उत्साह एमालेमा बढेको छ।

कांग्रेसभित्र टिकट वितरणमा विभेद भएको भन्दै वागी उत्रिएका हुन्।

सम्बन्धित शिर्षकहरु