विद्यासुन्दरसहित १० मेयर कोरिया जाँदै

भदौ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित १० जना मेयर साताव्यापी कोरिया भ्रमणमा जाँदैछन् ।

पोखरा, बुटवल, विराटनगर, बनेपा सहितका १० नगरपालिकाका मेयर आज बेलुका ११ बजेको फ्लाइटमा कोरियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको कामनपाका सूचना अधिकृत नमराज ढकालले जानकारी दिए । ललितपुर महानगरका मेयर भने मंगलबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । २५ र २६ गते हुने ‘मेयर फोरममा सहभागी हुन नेपालबाट १० जना मेयर जान लागेका हुन् ।

सम्बन्धित शिर्षकहरु