
भदौं २२, मुम्वई । मुम्वईमा भएको श्रृंखलाबद्ध बमकाण्डको आरोपी अबू सलेम र करीमउल्ला शेखलाई जन्मकैदको सजाय दिएको छ । त्यस्तै ताहिर मर्चेन्ट र फिरोज खानलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सन् १९९३ को १२ मार्चमा मुम्बईमा भएको श्रृंखलाबद्ध बमकाण्डमा मुम्बईको विशेष टाडा अदालतले सलेम र शेखलाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकदै सहित दुवै माथि २–२ लाखको जरिवाना समेत लगाइएको छ ।
यस मुद्दामा गत जुन १६ मा अबू सलेमसहित करीमउल्ला शेख, रियाज शेख, फिरोज अब्दुल राशिद खान, ताहिर मर्चेन्ट र मुस्तफा दौसालाई दोषी करार गरेको थियो । मुस्तफा दौसाको भने जुन २८ मा मृत्यु भइसकेको छ ।
त्यस्तै अदालतले अब्दुल कय्युमलाई निर्दोष करार गरेको थियो ।सलेमले १ सयवटा ग्रिनेड मुम्बई ल्याएको पुष्टि हुनुको साथै आंतकवादी गतिविधिमा सहभागी भएको अदालतको भनाई रहेको थियो ।
सन् १९९३ को १२ मार्चमा मुम्बाईको विभिन्न स्थानमा १२ वटा बम विस्फोट भएको थियो । घटनामा २५७ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी घाइते भएका थिए । घटानालाई लिएर दाउद इब्राहिमले बाबरी मस्जिद भत्काएको बदलामा बम हमला गराएको बताइन्छ ।
सन् २००६ मा यस मुद्दामा पहिलो फैसला आएको थियो । जसमा यस मुद्दाका १सय २३ आरोपीमध्ये १ सय जनालाई सजाय सुनाइएको थियो । २३ जनालाई रिहा गरिएको थियो । याकूब मेमनलाई यसै फैसलामा सजाय सुनाएपछि सन् २०१५ को जुलाई ३० मा महाराष्ट्रको यरवडा जेलमा फाँसी दिइएको थियो ।
अबू सलेम, रिजाय शेख,करीमउल्ला शेख,, फिरोज अब्दुल राशिद खान, अब्दुल कय्युम,ताहिर मर्चेन्ट र मुस्तफा दौसालाई सन् २००२ पछि विदेशबाट सुपुदर्गी गरेर भारत ल्याइएको थियो । मद्धा भने १९९५ देखि चल्दै आएको थियो । यिनीहरुको एकै साथ सुनवाई गरिए फैसलामा ढिलाई हुने भन्दै अदालतले अलग्गै सुनवाई गरेको थियो ।
२००६ मा भने टाडा अदालतले यो मद्धालाई दई भागमा विभाजन गरेको थियो ए र बि । यी सात मध्ये मुस्तफा दौसालाई सबैभन्दा गम्भिर आरोप लागेको थियो ।
सलेमलाई अदालतले आतंककारी आक्रमणमा सहभागी भएको भन्दै दोषी ठहर गरेको थियो । त्यस्तै सेलमले एक ठाँउबाट अर्को ठाँउमा हातहतियार लानको लागि सहयोग गरेको अदलतको भनाई रहेको थियो । हतियार भएको गाडी रियाज सिद्धकीले उपलब्ध गराएका थिए । सन् २००५ यता सलेम जेलमा रहेका छन् । यो भ्यान त्यसपछि सञ्जय दत्तको घरमा पुगेको थियो । एजेन्सी








