नेपाल र ताजिकिस्तानबीच खेल आज

भदाै २०, काठमाडाैं । एएफसी एसियन कप फुटबल २०१९ को छनोट अन्तर्गत आज नेपाल र ताजिकिस्तानबीच खेल हुँदैछ । ताजिकिस्तान विरुद्वको खेलमा नेपालले तीन अंक बटुल्ने दाबी गरेको छ ।

अघिल्लो खेलमा यमनसँग घरेलु भूमिमा गोल रहित बराबरी खेलेको नेपाली टोली आज ताजिकिस्तानसँग खेल्न लागेको हो । ताजकिस्तानविरुद्वको खेलको तयारी लागि नेपालले जापानमा एक हप्ताको तयारी गरेको थियो ।

फिलिपिन्स र यमन सम्मिलित समुहमा नेपालको एक अंक छ भने ताजकिस्तान अंक विहीन छ । समुह चरणको तेस्रो खेलमा दुवै टोली ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससँग भिड्न लागेको हुन ।

सम्बन्धित शिर्षकहरु