भदौं १९,काठमाडौं ।तलब वृद्धिको माग गर्दै अष्ट्रेलियाका चाइल्डकेयरहरुमा काम गर्ने कर्मचारीहरुले बिहिबार हड्तालको घोषणा गरेका छन् । बिहिबार दिउसो ३:२० मा उनीहरुले आफ्नो काम छोडेर हड्तालमा उत्रिनेछन् ।
एक चाइल्ड वर्करका अनुसार विगत ६ वर्षमा उनको तलबमा ४ डलर मात्र वृद्धि भएको छ । त्यसैले आफूहरु अन्यायमा परेको भन्दै उनिहरुले हड्तालको घोषणा गरेका हुन् । यो हड्ताल अहिले सम्मकै ठूलो हड्ताल हुनसक्ने अनुमान गरिएको छ ।
उनीहरुका अनुसार न्यून तलबको कारण एक हप्तामा १८० जना चाइल्डकेयर वर्कर आफ्नो पेशा छोड्ने गरेका छन् । प्रधानमन्त्रीलाई उनीहरुले आफ्नो शैक्षिक योग्यता, तालिम र मेहनतको कुनै कदर नभएको आफूहरुको जीवनको खर्च काममा मिल्ने मायाले नाधानिने बताएका छन् ।








