४२ करोडभन्दा बढि बराबरको ८८ किलो सुन बरामद

भदौ १९, काठमाडौं । काठमाडौं प्रहरीले सोमबार बिहान बा १७ च ६४२७ नम्बरको टाटा सफारीबाट ८८ किलो सुन बरामद गरेको छ । सीटमा, ढोकामा, डिकिमा राखेर काठमाडौं ल्याइएको उक्त सुन क्षेत्रपाटीमा प्रहरीले बरामद गरेको हो । सुन पक्राउ गर्नुका साथै टाटा सफारी चालक मकवानपुरका मनोज अधिकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद भएको सुन  चिनियाँ नागरिकको भएको दाबी गरिए पनि सुनका मालिक भने पत्ता लाग्न सकेको छैन । अहिलेसम्मकै ठूलो परिमाणको सुन प्रहरीले जफत गरेको हो । उक्त सुनको बजारमुल्य ४२ करोडभन्दा बढि हुन्छ । नियन्त्रणमा रहेका चालकसहित सुन र गाडी महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले उक्त सुनका मालिकको खोजी भइरहेको बताउनुभएको छ ।

 

सम्बन्धित शिर्षकहरु