अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भदौ १८,चितवन। पहिरो खसेर अवरुद्ध बनेको नारायण–मुग्लिन सडकखण्ड आइतबार(आज) अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए । सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो ।

बिहान पहिरो खसेपछि शनिबार साँझदेखि रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् । उक्त सडकखण्डमा पहिराको जोखिमका कारण राति यातायात आवागमन रोक्ने गरिएको छ ।

सम्बन्धित शिर्षकहरु