भदाै १८ । तम्मी उम्बेलको १४ वटा बच्चा छन् र तीमध्ये कुनै पनि विद्यालय जाँदैनन् । तपाई यो सोचिरहनुभएको होला, यो कुनै गरिब परिवारको हो । तर, यो करोडपति महिलाको कहानी हो ।
भर्जिनियाकी तम्मीको १७ लाख डलरको नेचुरल कस्मेटिक कारोबार छ । यसलाई उनले बिना कुनै बैंक ऋणमार्फत चलाएकी हुन् ।
उम्बेल आफ्नो पति र १४ बच्चासँग बस्ने गर्छिन् । उम्बेलकी पति पाकिस्तानी चिकित्कस हुन् र उनको घरमा टेलिभिजन सेटसम्म पनि छैन ।
उम्बेलले आफ्नो सबै बच्चालाई स्कुल पठाउनुको सट्टा घरमा नै पढाइन् । उनको चार बच्चा अहिले कलेजमा मेडिकल, इञ्जिनियरिङ र साइबर सुरक्षाको अध्ययन गरिरहेका छन् । र, अन्य बच्चालाई उनले अहिले पनि घरमा नै पढाउँछिन् ।
उम्बेल आफ्नो व्यवसायको विस्तार र बच्चालाई पढाउने काम एकसाथ गरिरहेकी छन् । व्यवसायका सिलसिलामा उनले धेरै देशहरुको यात्रा समेत गरेकी छन् । फरक-फरक स्थानका प्राकृतिक वस्तुहरुलाई नजिकबाट बुझ्ने र त्यसलाई व्यवसायिक गर्नका लागि घुम्नु जरुरी छ ।
आफ्नो यात्रामा उनले कहिलेकाहीँ बच्चाहरुलाई पनि सँगै लैजाने गरेकी छन् । उम्बेल मान्छिन् कि फरक-फरक स्थानको अनुभव बच्चाका लागि शिक्षाको हिस्सेदार हुन्छ ।
उम्बेल भन्छिन्, ‘म आफ्नो व्यवसाय पुरानो ढंगबाट चलाउन चाहन्थेँ, जसमा पहिला पैसा कमाउने अनि फेरि त्यसलाई लगानी गर्ने नीति अपनाउथेँ । मैले कहिले पनि ऋण लिएर व्यवसाय गर्ने सोचिनँ ।’
तम्मीले सबैभन्दा पहिले कपडाको कम्पनी शुरु गरिन् । जसमा उनले खासै राम्रो सफलता हासिल गर्न सकिनन् । उनले त्यसलाई बन्द गरेर अर्को व्यवसाय शुरु गर्नेतर्फ सोचिन् ।
यसपछि ‘शिआ टेरा अर्गानिक’ कम्पनीको शुरुआत गरिन् । यो कम्पनी १७ वर्षअघिदेखि शुरु भएको हो ।
उम्बेलले आफ्नो व्यवसायलाई विस्तार गर्नका लागि गाउँलाई विशेष नजर राखिन् । जहाँ उनले छाला सम्बन्धी लागेका रोगको उपचारका लागि सामग्री संकलन गर्न थालिन् ।
उम्बेल भन्छिन्, ‘मैले जुन स्थानमा रोजगार पैदा गर्ने प्रयास गरेँ, जहाँ जीवन निकै मुश्किल थियो । मलाई थाहा थियो कि ती स्थानमा प्राकृतिक वस्तुहरुको उपलब्धता भएपनि बजारभन्दा टाढा थियो ।’ उम्बेलको कम्पनी अमेरिकाको भर्जिनियामा छ । उनले अनलाइनको माध्यमबाट पनि आफ्नो उत्पादहरु बेचिरहेकी छन् । यसको अमेरिकामा मात्र ७ सय स्टोर छन् । एजेन्सी








