माओवादी क्यारेम बोर्डको गोटीजस्तै हो, भूलचुकमा बच्चाले हाने पनि कतै न कतै पस्छ

भदौ १८, चितवन । नेकपा एमालेका अध्यक्ष केपी केन्द्र तथा सात वटै प्रदेशमा एमालेले बहुमतका साथ सरकार बनाउने दाबी गर्नुभएको छ । आइतबार भरतपुरमा आयोजित अनेरास्ववियुको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सात वटै प्रदेशमा नेकपा एमालेले बहुमतका साथ सरकार बनाउँछ । केन्द्रमा पनि एमालेले बहुमतका साथ सरकार बनाउँछ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले माओवादीलाई क्यारेम बोर्डको संज्ञा दिँदै भन्नुभयो, ‘भुलचुकमा क्यारेम बोर्डको गोटी बच्चाले हान्छ । जानेको त हुँदैन तर पनि कतै न कतै प्वालमा पस्छ । माओवादीको गोटी त्यसैगरी ०६४ को चुनावमा पस्यो ।’ उहाँले ०६४ मा जस्तै यो पटक भने माओवादीको इतिहास नदोहोरिने बताउनुभयो ।

उहाँले केही शक्तिहरुले मधेसमा भ्रम फैलाउनका लागि एमालेलाई मधेस विरोधी भनेको आरोप समेत लगाउनुभयो । उहाँले दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

सम्बन्धित शिर्षकहरु