
भदाै १७ । रियालिटी टिभी स्टार किम कार्दशियन बेलाबेलामा विवादित र चर्चामा आउने सेलिब्रेटी हुन् । त्यस्तै उनले पछिल्लो समय दिएको एक अभिव्यक्तिले चर्चा पाएको छ । उनको चार वर्षीया छोरी नर्थ वेस्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा राम्रोसँग अमेरिका चलाउन सक्ने बताएकी थिइन् । यद्यपी उनको यो अभिव्यक्ति व्यंग्यात्मक थियो ।
वेभसाइट डेलीमेलका अनुसार ३६ वर्षीया कार्दशियनले होर्पर बजारको पत्रिका अरबियाको सेप्टेम्बरको अंका लागि दिइएको साक्षात्कारमा ह्वाइट हाउसका बारेमा उक्त भनाई व्यक्त गरेकी थिइन् ।
किमले भनिन्, ‘वर्तमान राष्ट्रपतिले भन्दा जो कोहीले पनि अमेरिकालाई राम्रोसँग चलाउन सक्छ । मेरी छोरीले ट्रम्पले भन्दा राम्रोसँग अमेरिका चलाउन सक्नेछिन् ।’
उनले थपिन्, ‘हामी अहिले जुन अवस्थामा छौं, हामीसँग जे छ, त्यसलाई लिएर हामी गर्व गर्छौं । यसलाई पाउनका लागि हामीले निकै मेहनत गरेका छौं ।’एजेन्सी








