निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति

भदौ १६, काठमाडौं । नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा दायर गरेका छन् ।

नागरिक दैनिकले आयाल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशन गृहमा अदालतका कर्मचारीले बुझाएका छन् । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु