भदौ १५, काठमाडौं । राजधानीको टोखाबाट बिहीबार दिउँसो १५ किलोग्राम सुनसहित केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले सात जनालाई पक्राउ गरेको छ। २२ किलो सुन तस्करी भएको सूचनाको आधारमा पुगेको टोलीले १५ किलो सुन सहित सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्री छन् । त्यस्तै काठमाडौं, बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखालका ३८ वर्षीय बिष्णु गौतम र धनुषा जनकपुरका ३८ वर्षीय दीपककुमार साह रहेका छन्।
आज पत्रकार सम्मेलन गरी सिआइबीले काठमाडौँको टोखाबाट १५ किलो र बाँकी सात किलो सुनअन्य ठाउँबाट बुधबार बरामद भएको सूचना सार्वजनिक गरेको छ।







