भदाै १५, काठमाडाैँ । काठमाडौंको टुडिखेलमा गणेश बहादुर प्राणमाया चित्रकार स्मृतीकप यु–१९ ट्वान्टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ। १६ टिमको सहभागिता रहने यस प्रतियोगीतालार्इ नेक्सस क्रिकेट एकेडेमीले आयोजना गरेको छ ।
भदाै २४ गते सम्म सञ्चालन हुने आयोजक पक्षले जनाएको छ। नकआउटका आधारमा हुने प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिज, उदयीमान खेलाडी, उत्कृष्ट वलर, ब्याटसम्यान र म्यान अफ द म्याचलाई ट्रफी सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतिस्पर्धी टोलीहरुलाई दुई समूहमा बाडिएको छ। प्रतियोगीहरूलार्इ समुह ए र बी गरी दुर्इ समुहमा बाडिएको छ ।








