प्रहरीद्धारा एक किलो सुनसहित चारजना पक्राउ

भदौ १५,धनुषा् । बुधबार राति जनकपुरबाट एक किलो सुनसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । राति ९ बजे जनकपुरको रामानन्दचोकमा बसबाट ओर्लेका चारजनालाई सुराकीको आधारमा प्रहरीको टोलीले जाँच गर्दा एक किलो अवैद्य सुन फेला परेको हो ।
पक्राउ परेका चारजनाको नाम खुलाइएको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी अनुसन्धान थालिएको छ । बरामद सुन केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको छ ।

सम्बन्धित शिर्षकहरु