प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने, यी हुन सम्भावित प्रदेश राजधानी

 

भदाै १५, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले प्रदेशको सदरमुकाम र प्रदेश प्रमुख (गभर्नर) यथाशीघ्र तोक्ने निर्णय गरेको छ । तत्कालका लागि प्रदेश सदरमुकाम अस्थायी रूपमा तोकिनेछन् । बैठकले प्रदेश सदरमुकाम तोक्ने जिम्मा मन्त्रिपरिषद्को राजनीतिक समितिलाई दिएको छ । दुई साताभित्रै समितिले निर्णय गर्नेछ । समितिको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् भने केही प्रभावशाली मन्त्रीहरू सदस्य रहनेछन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेतका अनुसार राजनीतिक समितिले प्रदेश सदरमुकाम तोक्दा सरकारबाहिर रहेका दल र अन्य सरोकारवाला निकायसँग पनि परामर्श गर्नेछ ।

सम्भावित प्रदेश राजधानी

प्रदेश नंं. १ : इटहरी, विराटनगर, धनकुटा

प्रदेश नं. २ :जनकपुर र वीरगन्ज

प्रदेश नं. ३ :हेटौडा, चितवन, काठमाडौं, बनेपा र ललितपुर

प्रदेश नं. ४ : पोखरा निर्विकल्प

प्रदेश नं. ५ :बुटवल र दाङको तुल्सीपुर

प्रदेश नं. ६ : सुर्खेत र जुम्ला

प्रदेश नं. ७ :धनगढी र दीपालय

सम्बन्धित शिर्षकहरु