छोराको कुटाइबाट आमाको मृत्यु

भदौ १४,चितवन । छोराको कुटाइबाट गम्भीर घाइते भरतपुर महानगरपालिका–१५ मंगलपुरकी अन्दाजी ४५ बर्षीया सविता दरैको आज बिहान अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै उनलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गरेका थिए। बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु