यस्तो छ नेता नारायणकाजी श्रेष्ठको एमालेमा प्रवेश गर्न लागेको भन्ने खबरको स्पष्टिकरण

भदौ १३, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत आफू एमालेमा प्रवेश गर्न लागेको खबर गलत भएको स्पष्टिकरण दिएका छन् । केहि समय अघि एक अनलाइन मीडियामा नेता नारायणकाजी श्रेष्ठ एमाले प्रवेश गर्न लागेको भन्ने समाचार प्रकाशीत भएपछि उनी स्पष्टिकरण दिन वाध्य भएका हुन् ।

आफू एमालेमा प्रवेश गर्न लागेको कुरा कपोल्कल्पित रहेको स्पष्ट पार्दै नेता श्रेष्ठले भ्रमणमा नपर्न सबैमा अनुरोध गरेका छन् । नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् , ‘म एमाले पार्टीमा प्रबेश गर्दैछु भनी एउटा अनलाइन मेडियामा प्रसारित समाचार सतप्रतिशत गलत र कपोल्कल्पित भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।’

सम्बन्धित शिर्षकहरु