नेपाल इन्जिनियरिङ कलेजललाई निजीकरण गरेकोमा विरोध प्रदर्शन

भदौ ११,भक्तपुर । भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरेको भन्दै स्थानीय र कलेजका विद्यार्थीले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

सामुदायिक कलेज निजीकरण गरेको र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेकोमा उनीहरुले विरोध गरेका हुन् ।

विरोध प्रदर्शनका कारण पठन–पाठन ठप्प भएको छ भने आन्तरिक परीक्षासमेत रद्द भएको छ ।

साथै, सन्चालकले कलेजबाट नाफा लिएको भन्दै विरोध पनि गरिएको छ ।

उनीहरुले कलेजलाई सामुदायिक रुपमै चलाउन, पोखरा विश्वविद्यालयमै कायम रहन माग गरेका छन् ।

सम्बन्धित शिर्षकहरु