भदौं ११, काठमाडौं । नेपालका प्रधानमन्त्री भारत भ्रमणमै रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको उल्लेख गरेका छन् । मोदीले ट्वीटर मार्फत भारत बुद्दको जन्मभूमी रहेको दाबी गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले भारतलाई महात्मा गान्धी र बुद्धको भूमि दाबी गरेको हो ।
यसअघि पहिलोपल्ट नेपाल भ्रमणमा आएको समयमा संसद्लाई सम्बोधन गर्दै मोदीले बुद्ध नेपालमा जन्मेका बताएका थिए । मोदीको ट्वीटरमा गरीएको दाबीप्रति नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाएका छन् ।









