ब्रिक्सले गराउला त सी–मोदी भेट ?, चासोको विषय बन्दै

भदाै ११, असनेपाल न्युज । प्रमुख विकासोन्मुख राष्ट्रहरूको संगठन ब्रिक्सको नवौं ब्रिक्स शिखर सम्मेलन चीनको स्यामनमा हुन गइरहेको छ । ब्रिक्समा भारत चीन लगायत अन्य चार देशहरू रहेका छन् । ब्राजिल, रसिया, इण्डिया, चीन र दक्षिण अफ्रिका मिलेर ब्रिक्स  संगठन बनेको छ । हरेक वर्ष आयोजना हुने ब्रिक्स शीखर सम्मेलनमा सदस्य राष्ट्रका कार्यकारी प्रमुख सहभागी हुने चलन छ।

दोक्लमको विषयलाई लिएर चीन र भारतबीच बढ्दो तनावकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्छन् कि गर्दैनन् भन्ने अाम चासोको विषय बनेको छ । यदि मोदीले सम्मेलनमा भाग लिएमा चीनका राष्ट्रपति र मोदीको दोक्लम विवादपछिको पहिलो भेट हुनेछ । शिखर सम्मेलन चीनको फुच्येन प्रान्तको राजधानी स्यामनमा सेप्टेम्बर ३–५ मा हुन लागेको हो। सम्मेलनको तयारीमा स्यामन सहर झिलीमिली हुन थालेका तस्वीरहरू चिनियाँ सञ्चारमाध्यममा छरपष्ट देख्न सकिन्छ।

सम्बन्धित शिर्षकहरु