भदौ १०, सोलुखुम्बु ।चट्याङ लागेर दूधकौशीका गाउँपालिका–४ जुवुमा दुईजनाको ज्यान गएको छ ।
स्थानीय भानुभक्त उपाध्यायका अनुसार शनिबार दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्षीय छोरा सन्दीप र इन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको हो ।
चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ पनि घाइते भएका छन्।








