भदौ १०, काठमाडौं । बजारमा विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु खोल्ने होडबाजी चलिरहेका हालसालै सरकारले पनि रोजगारीको सुचना दिने वेबसाइट संचालनमा ल्याएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन रोजगार पोर्टल नामक साइट संचालनमा ल्याएको हो ।
यस वेबसाइट मार्फत विभिन्न पदहरुमा माग भएका भ्याकेन्सी बारे थाहा पाउन सकिन्छ । साथै यसले उपयुक्त पदमा आवेदन राख्न सूचना र सहायता पनि प्रदान गर्दछ ।
विभिन्न दातृ निकायको सहयोगमा सरकारले यो वेबसाइट सुरु गरेको हो । बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न, रोजगारीको क्षेत्र तथा अवसरहरु खोजी गर्न, बजार सम्बन्धी सूचनाहरु विद्युतीय माध्यमबाट समेत प्रबाह गरी श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउन यो प्रभावकारी हुने विश्वास गरिएको छ । रोजगार पोर्टल भित्र पस्न यहाँ (रोजगार पोर्टल ) थिच्नुहोस् अथाव www.jobkhoj.gov.np मार्फत पनि हेर्न सक्नु हुनेछ ।








