भदौ १०, काठमाडौं ।अष्ट्रेलियामा बस्दै आएका विदेशी नागरीकका लागि अष्ट्रेलियाको पीआरको आफ्नै विशेषता छ । पीआरवाहकलाई शिक्षा, औषधि उपचारमा आर्थिक सहायता उपलब्ध हुन्छ । यसका साथै ५ वर्षसम्म अष्ट्रेलियाबाट अन्य देशमा आवतजावत गर्ने अनुमति प्राप्त हुन्छ ।
यस्तै अष्ट्रेलियाको पीआर लिएको व्यक्तिलाई न्युजिल्यान्डमा भ्रमण गर्ने, बस्ने, काम गर्ने, पढ्ने अनुमति हुन्छ । अष्ट्रेलिया सरकारले तोकेको मापदण्ड वा योग्यता अनुसार प्रत्यक पांच वर्षमा पीआर नवीकरण गर्न सकिन्छ ।
अष्ट्रेलियाको नागरिकता पाइसकेपछि भिसा नविकरणको आवश्यकता पर्दैन । अष्ट्रेलियाको पासपोर्ट स्वतः पाइन्छ । शिक्षा, औषधि उपचारमा आर्थिक सहायता, सरकारी छात्रवृत्ति, सरकारी जागिर आदिमा अधिकार हुन्छ । आफ्नो जीवनसाथीलाई अष्ट्रेलिया लैजान पाउँछन् । न्युजिल्यान्डमा भ्रमण गर्ने, बस्ने, काम गर्ने, पढ्ने अनुमति हुन्छ । अष्ट्रेलियाको नागरिकता लिएको बाबुआमाबाट जन्मेको बच्चाले वंशजको आधारमा अष्ट्रेलियाको नागरिकता पाउँछ।








