अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा आक्रमण, ४ घाइते

भदौं १०,काठमाण्डौं । बेसबल ब्याटले आक्रमण गरि अष्ट्रेलियाको क्यानबेरा स्थित अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा आतंक मच्चाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान पढाउँदै गरेकी प्राध्यापकलाई १८ वर्षीय युवकले कक्षाको पछाडीबाट बेसबल ब्याटले आक्रमण गरेका थिए । प्राध्यापकलाई बचाउने क्रममा अरु विद्यार्थीलाई पनि ब्याटले लागेको थियो ।उक्त घटनामा चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ भन ेपुलिसले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु