प्रक्रियामा गएर संविधान जारी गर्छौ :नेता नेपाल

 काठमाडौ, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान बनाउन सकिएन भनेर जनतासँग माफि माग्नु भन्दा तत्काल प्रक्रियामा गएर संविधान जारी गर्न विपक्षी दल सहमत हुनुपर्ने बताउनु भएको छ ।
बिहीबार राति संविधानसभा भवन नयाँ बानेश्वर परिसरमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले कुनै पनि हालतमा अब प्रक्रियामा गएर संविधान जारी गरिनुपर्ने बताउनु भएको हो । उहाले नँया संविधान जारी गर्न सहमतिका नाममा अब कहिलेसम्म जनतालाई अल्मल्याउने ?’, नेता नेपालले भन्नु भयो, ‘माफी माग्नु हुँदैन प्रक्रियाबाट संविधान दिनुपर्छ ।’

एमाओवादीका कारण संविधान नआएको आरोप लगाउँदै नेता नेपालले प्रक्रियाबाट अघि बढ्नका लागि आफूहरुले सभामुख सुवास नेम्वाङ समक्ष प्रस्ताव राखिसकेको जानकारी दिनु भयो ।
उहाले अब सभामुखले प्रक्रिया अघि बढाउनुबाहेक अर्को विकल्प नभएको बताउदै सहमतिका नाममा अनावश्यक समय लम्ब्याउन नहुने जिकिर गर्नु भयो । नेता नेपालले सहमति गर्ने नाममा पहिलो संविधानसभा विघटन भए जसरी यसलाई दोहोरिन नदिने आश्वासन दिनु भयो ।

सम्बन्धित शिर्षकहरु