देउवाले दिल्लीमै चीनको पक्षमा बोलेपछि…

भदाै ९, दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार साँझ इन्डिया फाउन्डेसनले आयोजना गरेको नागरिक सम्मान समारोहमा नेपाल–चीन सम्बन्धको पक्षमा बोलेपछि यस विषयले दिल्ली ताताइदिएको छ । समारोहमा देउवाले चीनसँग नेपालको कुनै समस्या नरहेको र चीनले नेपालको सार्वभौमसत्ताको सधैं सम्मान गरेको बताएका थिए।

कार्यक्रममा भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनले तिब्बतलार्इ कब्जामा लिएको प्रसङ्ग जोड्दै चीनबाट नेपालललाई समस्या आउनसक्ने र त्यस्को लागी नेपाललाई कुनै पनि समय, कुनै पनि खालको सहयोग गर्न भारत तयार रहेको बताएका थिए।

जबरजस्ती समारोमा चीनको प्रसङ्ग जोडिएपछि देउवाले उत्तर दिए, ‘चीनसँग नेपालको राम्रो सम्बन्ध छ, हामीले चीनबाट समस्याको सामाना गर्नु परेको छैन, भारतले यसमा कुनै आशंका गर्नु पर्दैन, तथापी नेपालले कुनै पनि परिस्थितिमा आफ्नो भूमी भारतको विरुद्ध प्रयोग हुन दिनेछैन।’

प्रम देउवाको चीनसँग जोडिएको यस भनाइपछि दिल्लीका अधिकारीहरुले केही असहज महशुस गरेकाे जनाइएको छ । प्रम देउवाको मन्तव्य सकिनासाथ सो कार्यक्रममा सहभागी भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिला जानकार असोक मेहता लगायत अन्य भारतीय अधिकारीहरुले पनि प्रम देउवाको मन्तव्यबारे जिज्ञासा राखिरहेको जानकारी प्राप्त भएको छ । भ्रमणमा सहभागीका अनुशार ‘मन्त्री पासवानले चीनको प्रसंग नतानेको भए यो विषय नै उठ्ने थिएन, तर प्रमले सोझै कुरा राखिदिएपछि दिल्लीमा निकै चासो बढेको छ।’

सम्बन्धित शिर्षकहरु