अाखिर रोनाल्डो नै बने युएफा वर्ष खेलाडी

भदाै ९, असनेपाल न्युज । उत्कृष्ट युरोपेली फुटबलर अवार्डको अन्तिम तीन मनोनयनमा क्रिष्टियानो रोनाल्डोसँगै लियोनल मेस्सी र गोलरक्षक बुफोन परेका थिए । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधी जितेका छन् । उनका प्रतिद्वन्दी लियानल मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

८० प्रशिक्षक तथा ५५ खेल पत्रकारहरूले दिएको मतको अाधारमा उनी युईएफए वर्ष खेलाडी बन्न सफल भएका हुन् । २०११ मा युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सुरु यो पुरस्कारको थालनी गरेको हो ।

सम्बन्धित शिर्षकहरु