एजेन्सी । जोन्सनको बेबी पाउडरले क्यान्सर भएको पुष्टि भएको छ । अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरुको एक इजलासले जोन्सन एण्ड जोन्सन कम्पनीलाई ४१ करोड सात लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा इजलासले उक्त आदेश दिएको हो । जोन्सन एण्ड जोन्सनका प्रवक्ता केरोल गुडचिनले एक बयानमा भनेका छन् की– हामी यस फैसला विरुद्ध अपिल दायर गर्छौ किनकी हामी विज्ञानलाई मान्छौं । उनले भनेका छन् की पाउडरको प्रयोगबाट क्यान्सर भएको भनिएकोमा प्रमाण अपुग रहेको छ ।
ती महिलाले आफू ११ वर्षको हुँदादेखी निरन्तर जोनसोन बेबी पाउडर प्रयोग गर्दै आएको दाबी गरेकी छिन् । जोन्सन कम्पनीलाई आफ्नो उत्पादनको निरन्तर प्रयोगबाट क्यान्सरको खतरा हुन्छ भन्ने थाहा थियो तर त्यो पाटोलाई कम्पनीले लुकाउँदै आएको थियो ।
उनले आफ्नो उजुरीमा लेखेकी छन्, ‘टेलकम पाउडर असामान्य रूपमा खतरनाक र दोषपूर्ण प्रकृतिको भएकै कारण डिम्बाशयको क्यान्सर भएको हो ।’ अघिल्लो वर्ष १६ दशमलव ५ अर्ब अमेरिकी डलरको व्यापार गरको कम्पनीलेआफ्नो उत्पादनमा चेतावनी लेखेपछि बल्ल इचेभर्रियाले जोन्सन पाउडरको प्रयोग गर्न बन्द गरको सञ्चार माध्यमहरूलाई बताएकी छन् । भनिन्, ‘तर, ढिलो भइसकेको रहेछ ।’
इचेभर्रियाको मुद्दाको सुनुवाइका क्रममा कम्पनीका कानुन व्यवसायीलेअमेरिकी खाद्य तथा औषधि विभागसहित विभिन्न वैज्ञानिक अनुसन्धानले जोन्सन एन्ड जोन्सनको उत्पादनमा खराबी नभएको पत्ता लागेको दाबी गरका थिए । सन् २००० मा कम्पनीले हावार्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले पाउडर प्रयोग गर्ने ७८ हजार ६ सय ३० सहित १ लाख २१ हजार
महिलामाथि गरिएको अध्ययनमा दुर्भाग्यवश ३ सय ७ मा डिम्बाशयको क्यान्सर भेटिएको समेत कम्पनीको भनाइलाई तिनले राखेका थिए । कम्पनीले भनेको छ, ‘अनुसन्धाकर्मीले आफ्नो समग्र रिपोर्टमा पाउडर प्रयोग गर्दा इपिथिलय ओभरी क्यान्सर नपाएको बताएको थियो ।’ एक हजारभन्दा बढी महिला, जो कम्पनीकोबेबी पाउडर प्रयोग गर्ने गर्छन्, ती मध्ये इचेभर्रिया पनि एक थिइन् ।
तर, कम्पनीविरुद्ध थोरैमात्र महिला अदालत जाने गरको छन्। यसै वर्षको मेमा मिसौरीस्थित अदालतका न्यायाधीशहरूको बेन्चले भर्जिनियाकी एक महिलालाई ११ करोड अमेरिकी डलरको क्षतिपूर्ति कम्पनीबाट भराएको थियो । अघिल्लो वर्ष पनि पनि मिसौरी अदालतले साढे ५ करोड र ७ करोड २० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न कम्पनीलाई आदेश दिएको थियो ।
७ करोड २० लाख क्षतिपूर्ति पाउने महिलाकोअदालती फैसला आउनुअघि नै मृत्यु भइसकेको थियो । यसै वर्षको मार्चमा सेन्ट लोउस स्थित अदालतका न्यायाधीशले कम्पनीविरुद्ध एक महिलाले दायर गर्न खोजेको मुद्दा अस्वीकार गरको न्युयोर्क टाइम्सले जनाएको छ । धेरै महिलाहरूले आफ्नो तिघ्राको काछ वरपर, स्यानिटरी प्याड या कट्टुलाई सुकाउन र ताजा बनाइराख्न बेबी पाउडरको प्रयोग गर्छन् ।
अमेरिकी राष्ट्रिय क्यान्सर संस्थाका अनुसार अमेरिकामा १ दशमलव ३ प्रतिशतलाई डिम्बाशयको क्यान्सर रहेको छ । सन् १९७१ मा वाल्सका वैज्ञानिकहरूले पाउडरको कणहरूमा ओभरी र सर्भाकल (डिम्बा र ग्रिवा) ट्युमर हुने पत्ता लगाएका थिए ।








