तेस्रो प्रस्ताव अस्वीकार भएपछि काउटिन्होका लागि चौथो प्रस्ताव राख्दै बार्सिलोना

भदाै ७, असनेपाल न्युज । लगातार तेस्रो प्रस्ताव असफल भएपछि बार्सिलोनाले लिभरपुल सामु फिलिप्पे काउटिन्होका लागि चौथो प्रस्ताव राख्ने भएको छ। यसपटक भने बार्सिलोनाले काउटिन्होका लागि १ सय ३८ मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको हो।

१ सय १ मिलियन पाउण्ड सरुवा शुल्क सहित ३७ मिलियन पाउण्ड बोनसको अफर बार्सिलोनाले काउटिन्होका लागि लिभरपुल सामु राख्न अाटेको हो ।

सरुवा बजार बन्द हुन एकसाता बाकीं रहेका बेला बार्सिलोनाले काउटिन्होका लागि यसपटक अन्तिम प्रयास थालेको हो। तर, लिभरपुलले यसअघि नै औपचारिक पत्र सार्वजनिक गर्दै काउटिन्हो बेच्नका लागि नभएको बताएको थियो। लिभरपुलका प्रशिक्षक जोर्गन क्लापले लिभरपुल काउटिन्होलाई नबेच्ने कुरामा अडिग रहेको बताएका छन्।

सम्बन्धित शिर्षकहरु