भदौ ७ , काठमाडौँ । चीनको साङ् सी इनोभेटिभ ट्वालेन्ट रिसर्च इन्स्टिच्युटले नेपाली युवा डा.राजीव झालाई अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक र रिसर्चरमा नियुक्त गरेको छ । चीनबाटै पीएचडी गरेका डा. झा नेपाल-चीन मामिलाका पनि जानकार मानिन्छन् र उनको यस पदको कार्यकाल तीन बर्षको हुनेछ ।








