भाद्र २१ गतेबाट २६ गते सम्म दशैंको बेला सस्तो मेला भृकुटीमण्डपमा

भदौ ६, काठमाडौं । यहि अाउँदो दशैलार्इ मध्यनजर गर्दै राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको हो । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले अायोजना गर्न लागेको हो ।

भाद्र २१ गतेबाट २६ गते सम्म हुने यस मेलामा दशैंका लागि आबस्यक कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एफिलियन्स अादि सामाग्रीहरुको कारोबार हुनेछ ।

५० हजार बढी उपभोक्ताले उपभोग गर्ने अनुमान लिइएको यो मेला  ६ दिनसम्म चल्ने छ । मेलामा राखिने ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको छ ।

सम्बन्धित शिर्षकहरु