भदौं ६, धनुषा । संविधान संशोधन विधेयक फेल भएसँगै राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरधाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।
नेकपा एमाले मुर्दावाद, केपी ओली मुर्दावाद, एमालेका मधेशी नेता मुर्दावाद, राप्रपा मुर्दावाद, मधेशी एकता जिन्दावाद लगायतका नारा लगाउँदै राजपाका नेता कार्यकर्ताहरुले केपी ओलीको पुत्ला दहन गरेका हुन् ।
मधेशीहरुको हकअधिकारका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै एमालेकै कारण विधेयक फेल भएकोले ओलीको पुतला दहन गरिएको राजपा जिल्ला संयोजक परमेश्वर साहले बताए । पुतला दहन कार्यक्रम मा राजपा का रोशन सिंह राणा , उमेश मंडल, पूनम झा मैथिल, प्रमोद यादव लगयत का नेता कार्यकर्ता को उपस्थिती रहेको थियो ।








