ह्वीप उल्लंघन गरेकाले राप्रपाले अाफ्ना १८ सांसदहरूलार्इ कारबाही गर्ने

भदौ ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको ह्वीप उल्लंघन गरेर सोमबारको संसद बैठकमा अनुपस्थित १८ जना सांसदलाई कारबाही गर्ने भएको छ । पार्टीले पशुपति शम्शेर राणा समूहका १८ जना सांसदहरूलाई कारबाही गर्न लागेको हो ।

केही बेर अघि सिंहदरबारमा बसेको राप्रपा संसदीय दल र केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा अध्यक्ष कमल थापाले कारबाहीका लागि १८ जना सांसदहरूको सूचि प्रस्ताव गरेका हुन् । यता राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरी भने अलग दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेकाले राप्रपाले कारबाही गर्नुको कुनै अर्थ नरहेको बताउनुहुन्छ ।

सम्बन्धित शिर्षकहरु