भदौ ६, झापा । झापामा गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीका चन्द्र काफ्लेको घरमा मंगलबार बिहान बिजुलीको हाइटेन्सन तार खस्दा ३ जना गम्भीर घाइते भएका छन् ।बिहान ६ः३० बजे बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर खस्दा तीन जना घाइते भएका हुन् ।
करेन्ट लागेर ५५ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४७ वर्षीया राधिका काफ्ले र २४ वर्षीया दमन्ता काफ्ले गम्भीर घाइते भएका हुन् । घाइतेहरूको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।








