नेपाली फिल्म ‘सेतो सूर्य’ ओस्कार अवार्डका लागी छनोट

भदौ ५, काठमाडौं । विश्व प्रशीद्द ओस्कार अवार्ड–२०१८ अन्तर्गत विदेशी भाषा विधाका लागि नेपाली फिल्म सेतो सूर्य छनोट भएको छ। बिजुली मेसिनलार्इ पछि पार्दै सेतो सूर्य छनोटमा परेको हो।

नेपालका लागि अस्कर चयन समितिले सामाजिक विषयमा आधारित फिल्म चयन गरेको हो। फिल्ममा जनयुद्धको प्रभाव, जातिय विभेद, पारिवारिक विभाजन, राजनीतिक असरलाई देखाइएको छ। प्रतिस्पर्धामा रहेको अर्को फिल्म बिजुली मेसिन भने साइन्स फिक्शन जनराको थियो। जुन नेपाली फिल्म क्षेत्रका लागि नयाँ प्रयोग हो।

सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ।

 

सम्बन्धित शिर्षकहरु