कैलालीमा बस दुर्घटना, २ को मृत्यु २१ घाइते

भदौ ५, कैलाली । धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । २५ जना सवार उक्त बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।घाइते मध्ये एक जनालार्इ  भारतको हल्द्वानी लगीएको छ भने अरूलार्इ उपचारका लागि अत्तरीया स्थित पदमा अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका-५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका-५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेका छन् ।

 

सम्बन्धित शिर्षकहरु