अज्ञात राेगकाे पहिचान गर्न विशेषज्ञ चिकित्सक सहितको टोली रुकुममा

भदौ २, काठमाडौं । एक हप्ताको अवधिमा रुकुमको आठविसकोट नगरपालिका-३, खदी गाउँमा दुई सय भन्दा बढी स्थानीयवासी बिरामी परेका परेका थिए । बिरामीमा टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपनि कुन रोग हो भन्ने बारे पत्ता लागेको छैन । साेहि अज्ञात राेगकाे पहिचानका लागी सरकारले काठमाडौंबाट विशेषज्ञ चिकित्सक सहितको टोली आज रुकुम पठाएको छ ।

विरामीहरुको संख्या बढ्दै गएर महामारी फैलिने जोखिमलार्ई नियन्त्रण गर्न गृहमन्त्री जनार्दन शर्माको पहलमा स्वास्थ्यकर्मीहरुलाई हेलिकोप्टरमार्फत रोग प्रभावित क्षेत्रमा पठाइएको छ ।

सम्बन्धित शिर्षकहरु