भदाै २, महाेत्तरी । लगातार चार दिन वर्षाका कारण अाएकाे बाढीले मरेका एकहजार भन्दा बढी कुखुराका साथै अन्य पशुपन्क्षी बगाएर खुल्ला आकाशमुनि यत्रतत्र छरिदिएकाले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सक्ने सम्भावना बढ्दै गएकाे छ ।
स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एकहजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा सिंगो बजराही गाउँ नै दुर्गन्धित भएको तथा महामारी फैलने सम्भावना रहेको स्थानीय बासीले बताएका छन् । बाढी सेलाउँदै गएसँगै ती कुखुरा झन्झन् सड्दै गइरहेको र अत्यधिक दुर्गन्ध आउने गरेकाे स्थानीयकाे गुनासाे छ ।








