बार्सिलोनामा मानिसको भीडमा आतंकवादी आक्रमण हुँदा १३ जनाको मृत्यु ८० घाइते

भदौ २, काठमाडौं । केहि समय अघि मात्र कार बमको शिकार बनेको स्पेनको बार्सिलोनामा फेरी अर्को आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । बिहिवार कातोलोनियाको राम्बफासका बाटोमा हिडिरहेका मानिसहरूको भीडमाथि सेतो भ्यान चलार्इएको त्याहाँका अधिकारीहरूले जनाएका छन् । बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको छ । त्यहाँको आक्रमण रोक्न प्रहरीले कैयौं गोली चलाएको छ र केही व्यक्ति मारिएका छन् । घटनाका संलग्न पुरूष र भ्यानको प्रहरीले सार्वजनिक गरेको छ । मोरक्कोमा जन्मीएका द्रीस उकाबीरले भाडाको भ्यान प्रयोग गरेर घटना गराएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले मानिसहरुलाई राम्बलास क्षेत्रबाट टाढै रहन भनेको छ । भूमिगत सन्जाल तथा रेल्वे स्टेशनहरु पनि बन्द गरिएको छ । घटना पछि तत्कालै एनअारएनए स्पेनले घटनाको निन्दा गर्दै नेपालीहरू सुरक्षित रहेको सुचना जारी गरेको छ ।

 

सम्बन्धित शिर्षकहरु