भदाै ५ गते नै संविधान संशोधन विधेयक पारित हुने प्रचण्डको दाबी

भदौ १, जनकपुर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै संविधान संशोधन प्रस्ताव पारित हुने बताएका छन् । एमाले र राप्रपा दुवैले संविधान संशोधका पक्षमा सकारात्मक धारणा व्यक्त गरेका कारण संविधान संशोधन विधेयक भदौ ५ गते पास हुने उनले बताए । उनले भने, ‘संविधान संशोधन प्रक्रियालाई एमालेले पनि अघि बढ्न दिने भनेको छ, राप्रपासमेत यसमा सकारात्मक देखिएको छ, संशोधनका लागि सबै पक्ष सकारात्मक देखिएकाले भदौ ५ गते संशोधन विधेयक पारित हुन्छ ।’ लामो समयदेखि मधेसकेन्द्रित दलले संविधान संशोधनको माग उठाउँदै अाएका थिए ।

बाढीपीडितहरूको अवस्था अवलोकन गर्न तथा उनीहरूको अवस्था र समस्या बुझ्न उनी बिहिबार बिहान जनकपुर विमानस्थलमा उत्रेका छन् ।

सम्बन्धित शिर्षकहरु