जापानमा नेपालकाे पहिलाे जित

साउन ३२, काठमाडाैँ । मैत्रीपूर्ण खेलका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा क्वान्सेइ गाकुइनलाई २–१ ले पराजित गरेकाे छ । नेपालको जीतउन बिमल घर्तिमगर र सुमन लामाले गोल गरेका थिए । नेपाललाई सुरुवाती अग्रता दिलाउने क्रममा बिमलले १२ औ मिनेटमा गोल गरेका थिए । निर्धारित समयमा खेल बराबरी भएपछि थपिएको समयको पहिलो मिनेटमा गोल गर्दै समुन लामाले नेपाललाई पहिलो जीत दिलाएका हुन् । नेपालले अर्को खेल बिहीबार अमिटी स्पोर्टस क्लबसँग खेल्नेछ।

सम्बन्धित शिर्षकहरु